इटहरी । इटहरीका निजी कलेजहरुले कलेज नलागेको समयको समेत शुल्क असुलेको भन्दै विद्यार्थीहरु स्वःत स्फूर्त आन्दोलित भएका छन । इटहरीका कलेजहरुले विद्यार्थीहरुबाट विभिन्न बहानामा अनाश्वयक शुल्क असुलेको भन्दै विद्यार्थीहरु दैनिक जसो आन्दोलन गरिरहेका छन । विद्यार्थीहरुले कलेज परिसर , स्थानिय तह र सडक अवरुद्ध गरेर प्रदर्शन गरीरहेका हुन् ।इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी, शुष्मा, कलेज लगायत यहाँ रहेका आधा दर्जन बढी निजी कलेजका सयौँ विद्यार्थीहरुबाट शुल्क असुल्न बहाना बाजी गरेको विद्यार्थीहरुको गुनासो रहेकाे छ । कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी बिना स्वतःस्फूर्त निस्किएका हुन् ।











