काठमाडौँ — सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले खरेलको राजीनामापछि बडालको नाम सिफारिस गरिएको कान्तिपुरलाई जानकारी दिएको छ । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताएका छन् ।प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो ।उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो । त्यति बेला उनले प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त नगरेको र आफूले राजीनामा दिने कुरा पनि सत्य नरहेको स्पष्ट पारेका थिए ।
महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस
सवालनेपालसंवाददाताशुक्रबार, ५ चैत २०७७

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



