राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि सोमबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्।बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत भण्डारी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन्।उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका छन्।बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि ढाका गएकी हुन्।राष्ट्रपति भण्डारीको सवारीका लागि बिहान शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मको सडक खाली गरिएको थियो।
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाइ
सवालनेपालसंवाददातासोमबार, ८ चैत २०७७

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



