काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद चुलिँदै गएको छ । प्रतिशोध र दम्भपूर्ण राजनीतिले एमालेको आन्तरिक विवाद समाधानभन्दा जटिलतातर्फ अघि बढेको छ ,शनिबार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् । पार्टी विधानविपरीत कार्य गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने गत शनिबार केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । एमाले ओली र नेपाल–खनाल समूहमा विभाजित भएको छ । दुवै पक्षले एकअर्कालाई पार्टी हित विपरीत कार्य गरेको आरोप लगाउँदै आएका छन् ।पार्टीको विधानविपरीत पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको नेपाल–खनाल समूहमाथि आरोप लगाइएको छ ।
रावलद्वारा पत्र बुझ्न अस्वीकार, भुसालको मोबाइल अफ
पार्टीको निर्णयअनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले उनीहरुलाई स्पष्टीकरण सोधिएको पत्र बुझाएका हुन् । नेता माधवकुमार नेपाललाई सोधिएको स्पष्टीकरणको पत्र उनका स्वकीय सचिव नितेज पौडेलले बुझेका छन् भने सुरेन्द्र पाण्डेको पत्र उनका स्वकीय सचिव सन्जिव पाण्डेलाई बुझाइएको एमाले स्रोतले जानकारी दिएको छ । तर, नेता भीम रावलले भने पत्र बुझ्न अस्वीकार गरेको बताइएको छ । गेटबाट भित्र छिर्न नदिएपछि पत्र बुझाउन पुगेका कार्यालयका कर्मचारीले टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र खसालेर फर्किएका छन् । मोबाइल स्वीच अफ रहेकाले घनश्याम भुसालको पत्र बुझाउन बाँकी रहेको जानकारी दिएको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको उनीहरुलाई बुझाइएको पत्रमा चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ । तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख गरिएको छ ।










