काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन्। गत फागुन २० गते सार्वजनिक भएपछि विप्लवले पहिलोपटक ओलीलाई भेटेका हुन्।सोमबार प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका विप्लवले सरकारले सहमतिअनुसार काम नगरेको भन्दै असन्तुष्टी पोखेको जनाइएको छ। भेटमा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका थिए ।

यसअघि विप्लव समूह र सरकारबीच गत फागुन २० गते तीन बुँदे सहमति गर्दै नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड