१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा दलको नेता चयन गरेका छन् । सर्वोच्च अदालतले एकतापछि बनेको नेकपालाई अस्वीकार गरेसँगै ब्युँतिएको नेकपा एमालेको तर्फबाट ओलीले सुमनराज प्याकुरेललाई दलको नेता चयन गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।यस अघि माओवादी केन्द्र र एमालेको एकतापछि बनेको नेकपा हुँदा दलको नेतामा दिननाथ शर्मा थिए । उनलाई माओवादी केन्द्रले दलको नेताकै रुपमा निरन्तरता दिने निर्णय गरिसकेको छ । ओलीले संसद सचिवालयलाई प्याकुरेललाई दलको नेता तोकेको पत्र पठाइसकेको बताइएको छ ।