स्वास्थ्यमा समस्या आएपछि भारतका राष्ट्रपति रामनाथ कोविद अस्पताल भर्ना भएका छन्।शुक्रबार बिहान टाउको दुख्ने लगायतका समस्या देखिएपछि राष्ट्रपति कोविदलाई दिल्लीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको हो।उनको अहिले स्वास्थ्य परीक्षण भइरहेको र केही समय निगरानीमा राखिने अस्पताल स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।अस्पतालले राष्ट्रपति कोविदको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।राष्ट्रपति कोविदले मार्च ३ गते आर्मी अस्पतालमै कोरोना भइरसविरुद्धको पहिलो खोप लगाएका थिए।