कैलाली : कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको प्रहरीले दाबी गरेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताए।निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा छौं,’ उनले भने, ‘पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ अहिले। भागरथी प्रकरणपछि हामीलाई विश्वासिला सूचना पनि आउन थालेका छन्।’सुवेदीले अगाडि थपे, ‘अब करिब २० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ हामी लागिरहेका छौं। यो महिनाभित्र निष्कर्ष निकाल्छौं।’सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुङ्गोमा पुग्ने दाबी गरे। ‘निर्मला प्रकरणको अब महिना हैन दिन गणना सुरु भइसकेको छ। केहीदिन भित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने।२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ।
निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी
सवालनेपालसंवाददाताआइतबार, १४ चैत २०७७

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर, २० दिनभित्र टुंग्याउने डिआइजी सुवेदीको दाबी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



