झापा, चैत १७: दमक नगरपालिकाले अनिवार्य ४ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वायु प्रदुषण बढ्दै गएको भन्दै सरकारले शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियोे । तर दमकका केही निजी विद्यालयले विद्यालय सञ्चालन गरेका थिए । नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्याैपानेले सरकारको निर्देशन मान्नुपर्ने बताए ।