लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।अब भने मदनकृष्ण र वियोन्सविच भेटघाट भएको छ । मदनकृष्णलाई भेट्दा वियोन्स रोएकी थिइन् । यो गीतको लेजेन्डरी भर्सन गायका गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेपछि वियोन्सले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो सफलता नै मदनकृष्णलाई भेट्नु भएको बताइन् ।उनले भनिन्–‘जब मैले उहाँको स्वरमा फुलबुट्टे सारी सुने, म उहाँको फ्यान भएकी थिएँ । मेरो जिन्दगीकै सबैभन्दा ठूलो सफलता नै उहाँलाई भेट्नु हो । म निक्कै खुशी छु ।’मदनकृष्णले पनि वियोन्सको स्वरको प्रशंसा गर्दै भने–‘गीतसंगीतबाट संसारभरका मानिसहरु नजिक हुन सकिने रहेछ भन्ने पुष्टी भएको छ । जब मैले वियोन्सको गीत सुनेँ, उनीसँग टाढा भएपनि पूर्व जन्मको नाता रहेछ कि भन्ने महशुश भएको थियो ।’
मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’
सवालनेपालसंवाददाताबिहीबार, १८ चैत २०७७

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



