काठमाडौँ : सत्ता समीकरण र भोलि बस्ने केन्द्रीय समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।पार्टीको आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा छलफल सुरु भएकाले यसबारेमा थप छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । भदौ ७ देखि कांग्रेसको १४ औँ महाधिवेशन गर्ने मिति तोकिएको छ । पार्टीको महाधिवेशन र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रस्ताव गरेकाले कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ । सोही अनुसार आइतबार पदाधिकारी र सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । नयाँ सरकार बनाउन कांग्रेसले नेतृत्व लिनुपर्ने विषयमा शुक्रबार देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो ।
कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै ,
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दै ,
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



