सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका जनतामाथि सुरक्षा फौजले राइफल र ग्रेनाइट चलाउँदा शुक्रबार एकै दिन ८० जनाभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको राजनीतिक बन्दीहरुको स्वतन्त्रताका लागि गठन भएको संगठन (एएपिपी)लाई उधृत गर्दै रोयटर्सले लेखेको हो । एएपिपीका अनुसार म्यानमारमा शुक्रबारको सुरक्षा कारबाही अघि नै सेनाको गोली लागेर ६१८ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा निर्वाचित सरकारलाई अपदस्थ गर्दै आङ सान सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको थियो । सैन्य 'कू'पछि भएका प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म १६ जना सुरक्षाकर्मीको ज्यान गइसकेको छ । सेनाको तथ्याङ्कमा भने अहिलेसम्म २४८ जना सर्वसाधारणको ज्यान गएको विवरण उल्लेख छ ।
म्यानमारमा सुरक्षा फौजको गोलीबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

म्यानमारमा सुरक्षा फौजको गोलीबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले शासन हातमा लिएपछि भएको प्रदर्शनका क्रममा ७ सय जनाभन्दा बढीको ज्यान गएको छ । गत फेब्रुअरीमा सेनाले 'कू' गरेपछि म्यानमारमा सुरक्षा फौजको गोली लागेर ७ सयभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । म्यानमारको मुख्य सहर यांगुन शुक्रबार मात्रै ८० भन्दा बढी प्रदर्शनकारीको ज्यान भएसँगै सुरक्षा फौजको कारबाहीमा परी ज्यान गुमाउनेको संख्या ७ सय नाघेको स्थानीय सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



