१ वैशाख, विराटनगर । घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो ।कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।चैत २९ गते पनि छोराको कुटाइबाट विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको थियो ।शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी मा छोराको कुटाइबाट वृद्धको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

सुनसरी मा छोराको कुटाइबाट वृद्धको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



