काठमाडौं -कोरोना भाइरसको दोश्रो लहरका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा करिब ७४.८ प्रतिशतले घटेको हो । वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि नेपाल आउने रेमिट्यान्स प्रवाह भने बढिरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्धि भएको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।८ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको बैंकले बताएको छ । गत आर्थिक वर्ष यही अवधिमा ५ खर्ब ९१ अर्ब रुपैयाँ रेमिट्यान्स मार्फत नेपाल आएको थियो ।
घट्न थाल्यो विदेश जाने कामदारको संख्या, गत वर्षको तुलनामा ७४.८ प्रतिशत गिरावट
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

घट्न थाल्यो विदेश जाने कामदारको संख्या, गत वर्षको तुलनामा ७४.८ प्रतिशत गिरावट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



