१ वैशाख,झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु गरेको हो ।सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले ग्रीन टी र अर्थोडक्स चियाको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो । तत्कालीन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले रु एक करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना निर्माण शुरु गरेको थियो भने उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागबाट रु ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो ।
झापामा ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु
सवालनेपालसंवाददाताबुधबार, १ वैशाख २०७८

झापामा ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



