काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका पहाडी लगायत अधिकांस भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युनचापीय रेखाको समेत प्रभाव रहेको छ ।अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ ।आज दिउँसो देशको पहाडी भूभागलगायत अन्य भुभागमा पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशका पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राति पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।देशका पहाडी भूभागका केही स्थानमा अपरान्ह साँझतिर मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
देशभरको मौसम आंशिक बदली रहने
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

देशभरको मौसम आंशिक बदली रहने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



