काठमाडौं । पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पर्साको वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन्। सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज विहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।यस्तै मोरङको वीराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।यस्तै कोरोना संक्रमणबाट बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।
कोरोना संक्रमणबाट पर्सा, बाँके र मोरङ गरि ३ जनाको मृत्यु
सवालनेपालसंवाददाताबिहीबार, २ वैशाख २०७८

कोरोना संक्रमणबाट पर्सा, बाँके र मोरङ गरि ३ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



