बिहीबार साँझ हावाहुरीसँगै परेको असिना–पानीले झापा र मोरङका केही स्थानमा क्षति पुर्याएको छ । असिनाले किसानले लगाएका बालीनाली नष्ट पारेर लाखौँको क्षति पुर्याएको छ । झापाको पश्चिम दक्षिण क्षेत्र गौरादह, गौरीगञ्ज र मोरङको पूर्वी दक्षिण क्षेत्र रतुवामाईलगायतका स्थानमा असिना–पानीले ठूलो क्षति पुर्याएको हो । हावाहुरीपछि करिब परेको असिना–पानीले रतुवामाई–९ का किसानले लगाएको चैते धान, मकै, काँक्रा, टमाटर, खुर्सानीलगायतका बाली नष्ट हुँदा लाखौँको क्षति भएको छ । असिना–पानीबाट भएको क्षतिको यकिन विवरण आइनसके पनि यसबाट लाखौँ रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ । रतुवामाई नगरपालिका–९ भौडाहामा युथ इटहरा एग्रोग्रुप प्रालिले सञ्चालन गरेको कृषि खेतीमा लाखौँको क्षति गरेको छ । असिना–पानीले ग्रुपले एक बिघा क्षेत्रफलमा लगाएको खरबुजा, भिन्डी, दुई कट्ठा क्षेत्रफलमा लगाएको रायोको साग, पाँच कट्ठा क्षेत्रफलमा लगाएको टमाटर खेती नष्ट गरेको छ । असिना–पानीले १५ लाख रुपैयाँबराबरको उत्पादन मूल्य क्षति भएको ग्रुपका अध्यक्ष प्रकाश कार्कीले बताए । असिना–पानीले यस क्षेत्रका किसानको चैते धान, तरकारी खेतीलगायतमा ठूलो क्षति पुर्याएको रतुवामाई नगरपालिकाको कृषि शाखाले जनाएको छ । असिना–पानीले पुरै बाली नष्ट गरेपछि किसानहरूले सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् ।
असिना पानीले मोरङ र झापामा लाखौँको बालीनाली नष्ट
सवालनेपालसंवाददाताशुक्रबार, ३ वैशाख २०७८

असिना पानीले मोरङ र झापामा लाखौँको बालीनाली नष्ट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



