तापलेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृत्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो । यता जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा छ ।
पाथीभराको दर्शनमा गएका बालकको लेक लागेर मृत्यु
सवालनेपालसंवाददाताआइतबार, ५ वैशाख २०७८

पाथीभराको दर्शनमा गएका बालकको लेक लागेर मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



