Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????

दमक लगायत देशभरका सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय

सवालनेपाल
सवालनेपालसंवाददातासोमबार, ६ वैशाख २०७८
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
दमक लगायत देशभरका सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय
दमक लगायत देशभरका सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

दमक, बैशाख ६ । कोरोन भाइरसको संक्रमण बढ्ने क्रम तिब्र भएसंगै सरकारले देशभरका सहरी क्षेत्रका बिद्यालय बैशाख भरि बन्द गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्री परिषदको बैठकले झापाको काकरभिट्टा, बिर्तामोड र दमकका बिद्यालयहरु पनि बैशाख भरि बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।सरकारले झापाका काँकडभिट्टा, बिर्तामोड, दमक सहित ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर

र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअल रुपमा संचालन गर्ने निर्णय गरेको छ ।बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चारकर्मीलाई जनाकारी दिनु भयो ।देशका प्रमुख सहरका कोरोनाको नयाँ भेरिएन्ट भेटिएको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दै गइरहेकाले यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो समाचार शेयर गर्नुहोस्:

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।