काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।पछिल्लो राजनीतिक अवस्था र सरकारबाट समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल गर्न बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।एक बजेका लागि बैठक बोलाइएको थियो । सरकारले प्रतिनिधिसभाको अधिवशन अन्य गरेपछि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो ।रोकेर माओवादीले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग छलफल गर्न लागेको छ ।