कास्की- पोखराका ८ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नियमविपरीत काम गरेका व्यापारीलाई कारबाही गरेको हो ।कारबाहीका क्रममा साढे ५ लाख रुपैयाँ जरिमाना पनि उठाइएको छ । कानुनविपरीत काम गरेकाले उपभोक्ता संरक्षण ऐनअनुसार जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने गम्भीर गल्ती गर्नेलाई जरिमानासहित चेतावनी दिइएको छ ।महानगर क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउसलगायतको अनुगमन गरिएको हो ।अनुगमनका क्रममा म्याद नाघेका वस्तु बिक्री गरेको, पसल, व्यवसाय दर्ता नवीकरण नगरेको, बिल नकाटेकोलगायत कैफियत भेटिएका थिए ।
म्याद नाघेका वस्तु बेच्ने व्यापारीमाथि कारबाही
सवालनेपालसंवाददातासोमबार, ६ वैशाख २०७८

म्याद नाघेका वस्तु बेच्ने व्यापारीमाथि कारबाही
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



