दमक, ६ वैशाख–झापाको दमकमा रहेको निम्स नेशनल अस्पतालले आईसियु र एनआइसियु सेवा आजदेखी सुरु गरेको छ । चार वर्षअघि स्थापना भएको निम्स नेशनल अस्पतालले सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गर्ने उदेश्यसहित ५ वेडको आईसियु र ५ वेडको एनआईसियु सेवा सुरु गरेको हो । आईसियु र एनआईसियु कक्षको उद्घाटनको अवसर पारेर निम्स नेशनल अस्पतालले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान–प्रदान समेत गरेको छ । अस्पतालका अध्यक्ष भलभद्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले आईसियु र एनआईसियु कक्षको रिवन काटेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष कोइरालाले निम्स नेशनल अस्पतालको स्थापनाकालदेखी सेवाग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा दिर्दै आइरहेको बताउनुभयो । वहाँले अस्पतालमा १९ जना बिभिन्न बिशेषज्ञ डाक्टरहरुले अस्पतालमा दैनिक सेवा दिइरहेको बताउनुभयो ।
अध्यक्ष कोइरालाका अनुसार हालः अस्पतालमा चौविसे घण्टा ६ जना डाक्टरहरु छन् भने विभिन्न डिर्पाटतर्फ गरेर कुल एक सय बढी कर्मचारीहरु छन् । चार वर्षअघि भाडामा घर लिएर दमक–९ क्याम्पस मोडमा सेवा सञ्चालन गरेको निम्स नेशनल अस्पतालमा २५ जना सञ्चालकहरु छन् । आगामी वर्ष एक सय बेडको अस्पताल बनाउने लक्ष्य रहेको अस्पतालमा हालः २५ वेडसहितको दुईवटा भवनबाट सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा बालबच्चको निम्ति मिनी हाइकेयरको एनआईसियु कक्ष रहेको छ । ुदमकमा सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित व्याक्तिहरुले स्थापना गरेको अस्पतालले आगामी समयमा चौविसै घण्टा भिडियो एक्सेरे र सिटी स्क्यान सेवा ल्याउने तयारी रहेको अध्यक्ष कोइरालाले बताउनुभयो । अस्पताल सञ्चालकहरुमा पूर्वप्रहरी अधिकृत मोहन कार्की, दमक उद्योग बाणिज्य संघकी उपाध्यक्ष एबम् व्यवसायी रमा लिम्बु, गणेश प्रधान, चन्द्रकला भट्टराई लगायतका व्याक्तित्वहरु छन् ।










