झापा, झापाको  मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।  मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिदा   दुर्घट्ना भएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङको पथरी शनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि  बिएंड सी  अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको थियो भने सोही मोटरसाईकल पछाडी सवार सोही स्थानका  २२ बर्षीय सागर लिम्बु सामान्य घाईते भएका  छन  । उनको मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको  छ ।