प्रकाश नेपाल

इलामको गाग्रे भञ्ज्याङ–जीतपुर–बेलासे–सोक्तिम सडक कालोपत्रे हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बाबु–बाजेको दुई दिन हिडेका झापाको विभिन्न बजारको गन्तव्यलाई सडकले केही घण्टामा पुगेर आउँन सकिने छ । झण्डै पाँच वर्ष अघि खुलेको यो बाटो कालोपत्रे हुने भएपछि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे नहुँने भएको छ ।

मेचिराजमार्गको देउमाई नगरपालिका रक्से बजारदेखि झापालाई जोड्ने बैकल्पिक द्रुत मार्गको रूपमा लिइएको यो सडकले जिल्लाको मध्य पश्चिम क्षेत्रको दजनौं गाउँलाई झापाहुँदै प्रदेश र संघीय राजधानीलाई जोडेको छ । यसका साथै पाँचथर, ताप्लेजुङ, र तेह्रथुमको उत्तर पूर्वी गाउँका बासिन्दालाई तराईसँग नजिकैको सम्बन्ध निर्माण गरिदिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२२ दशमलब ५ किलोमिटर सडक मध्ये गाग्रे भञ्ज्याङदेखि सोयाक खरायो डाँडासम्म सडकको काम धमाधम भइरहेको छ । सडक चौडा बनाउँदै, दायाँ बाँया ग्याबिङ वाल लगाउँने काम चलिरहेको छ । पहिरो झर्ने ठाउँहरूमा भने बेस वालको काम हुँदैछ ।