झापाको कमल गाउँपालिका ४ मा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा एकजनाको ज्यान गएको छ । आज अपरान्ह् सितापुरी भन्ने स्थानमा प्र–१–०१–०१२ प १६०२ नम्बरको मोटरसाईकलले पैदलयात्री सोही गाउपालिका ५ बस्ने ७ बर्षीय निश्चल खड्कालाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका खड्कालाई दमकस्थित लाईफलाईन अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेको दमक ट्राफिकले जानकारी दिएको छ । ठक्कर दिने सवारी र चालकलाई दमक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।