काठमाण्डाै - आज प्रदेश-१ का एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । दिउँसोपछि पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भइरहेको र बाँकी क्षेत्रको मौसम सफा रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले देशभरको मौसम खुलेको र अबको ३ दिनसम्म नै यस्तै रहने पनि मौसमविद् अर्यालको भनाइ छ ।