कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज बस्दैछ । कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे छलफल गर्न आइतबार दिउँसो ३ बजे सिंहदरबारमा निर्देशक समितिको बैठक बोलाइएको हो । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले  कोरोना भाइरस महामारीको अवस्थाबारे बिफ्रिङ गरेका थिए ।

छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए त्यसको निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजै बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउनको सम्भावना नरहेको तर स्थानीय तहसँग समन्वय गरेर आंशिक लकडाउन भने हुन सक्ने जनाएका थिए ।