दमक – झापाको पाडाजुङी — गौरीगञ्ज सडक खण्ड अन्तर्गत गौरादह नगरपालिका १ स्थित सितापुरी भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २० प ५४१३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आईरहेको मे ११ प २०६९ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किदा तिन जना घाईते भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाईते हुनेहरुमा झापाको गौरीगञ्ज गाउँपालिका २ का २१ बर्षीय बिशाल ताजपुरिया, सुनसरीस्थित झुम्काका ४५ बर्षीय मेनाइ सरदार र ईटहरी उपमहानगरपालिका १३ का २५ बर्षीय भोला सरदार रहको दमक ट्राफिक प्रमुख दिलिप चौधरीले जानकारी दिएका छन् ।

उनीहरुलाई दमकस्थित लाईफलाईन अस्पतालमा प्राथमिक उपचारपछि न्यूरो अस्पताल बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । दुबै मोटरसाईकल गौरादह प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।