गाैरीगंज ,  गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा काेराेना संक्रमण फैलिएकाे भन्दै वार्ड कार्यालयले लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरेकाे छ । वडा अध्यक्ष कार्तिकलाल राजवंशीकाे अध्यक्षतामा सोमबार विहान वसेकाे वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेकाे हाे । वार्ड नं. १ मा ७ जनामा काेराेना संक्रमण पुष्टि भएपछि वार्ड कार्यलयले आपत्तकालिन बैठक बाेलाएकाे थियाे ।

उत्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउसाे ३ बजेदेखि ६ बजेसम्म किन्न्न पाउने र स्थानिय बजारहरू पुर्णरूपमा बन्द गर्ने निर्णय भएकाे वार्ड अध्यक्ष राजवंशीले जानकारी गराएछन् ।अन्तर्राष्ट्रिय सिमानासंग जाेडिएकाे वार्ड भएकाले सीमामा अावतजावत पुर्णरूपमा राेक लगाएकाे छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड