काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक अनिश्चित भएको छ । कोरोना संक्रमणलाई देखाउदै जसपाले कार्यकारिणी बैठकलाई निषेधाज्ञापछि नै सारेको हो । कार्यकारिणी बैठक बोलाउन जसपा पदाधिकारीको बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो ।
बैठकले कोरोना महामारी भएकाले अहिले कार्यकारिणी बैठक नवोलाउने निर्णय गरेको हो । जसपा एक नेताका अनुसार अव निषेधाज्ञा पछि नै कार्यकारिणी बैठक बस्ने छ । नयाँ सत्ता समीकरणका विषयमा निर्णायक छलफल गर्न जसपाभित्र कार्यकारिणी बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । सरकारमा जाने विषयमा जसपा दुईधारमा विभाजित छ ।










