नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।  मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको छ ।

यस्तो स्थितिमा कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ ।' केही केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको बताइएकाे छ । तर कसलाई कोरोना लागेकाे हाे नाम भने खुलाइएकाे छैन । यस्तो अवस्थामा केन्द्रीय कार्यसमितिको बैठक बस्नु उपयुक्त नभएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको हाे ।