सोलुखुम्बुको सोताङ गाँउपालिकामा ३ वटा भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार गाँउपालिका १ बाट शनिबार बेलुका करिब ७ बजे स्थानीय गंगाबहादुर गिरीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो।
प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले ३४ वर्षीय गिरीलाई स्थानीय पावै सामुदायिक वनबाट वटा बन्दुक, ८ सय ग्राम बारुद, १ किलोग्राम फलामको टुक्रा, ब्याट्री ७ वटा, लाईटर १, टेप १, २ वटा मोबाइल र १० मिटर तारसहित पक्राउ गरेको जानकारी दिए।
प्रवक्ता श्रेष्ठले गिरीसँगै अन्य ४ जना सहयोगी रहेको बुभिएको जानकारी दिए। यस विषयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुसन्धान र खोजतलास गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।
-देशसंचार बाट










