कैलाली । कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेसनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
फाउन्डेसनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको फाउन्डेसनका संस्थापक श्याम तायलले जानकारी दिए । डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आज नै उपलब्ध गराइने उनले बताए ।










