काठमाडौं । सगरमाथा चड्न हिंडेका आरोहीहरु रहेको आधार शिविरमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ । बेसक्याम्पमा रहेका अधिकारीहरुका अनुसार अहिलेसम्म आधार शिविरमा रहेका मध्य १७ जनामो संक्रमण पुष्टि भईसकेको छ । संक्रमित आरोहीहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । सगरमाथा आधार शिविरमा कोरोनाका संक्रमितहरु बढ्दैगएको कुरामा अनविज्ञता देखाएको सरकारले संक्रमित बढ्दै गएमा आरोहण रोक्न सक्ने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयका उपसचिव प्रेम सुवेदीले बेस क्याम्पमा कोरोना संक्रमण फैलिएकोबारे कुनै रिपोर्ट नआएको बताएका छन् । तर हिमालय रेस्क्यू एशोसियसनका लाक्पा नुरु शेर्पाले १७ जना संक्रमित भएर उपचारका लागि अस्पताल पठाएको पुष्टि गरे ।

आरोहणका लागि आधार शिविर पुगेकाहरुमध्ये अधिकाँशलाई सामान्य भन्दा फरक किसिमको खोकी लागिरहेको छ । नेपाल सरकारको वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण श्रोत हिमाल आरोहणवापदको रोएल्टी पनि हो । अघिल्लो वर्ष कोरोनाका कारण बन्द भएको आरोहण यस वर्षभने सरकारले संचालन गरेको थियो । तर पछिल्ला दिनहरुमा संक्रमितहरुको संख्या ह्वात्तै बढेको र आधार शिविरमा समेत देखिएकाले सरकारले यस विषयमा पुनर्विचार गर्न सक्ने बीबीसीले लेखेको छ । पिसिआर परिक्षण गरेर मात्रै आरोहणको अनुमति दिईने भएपनि बेसक्याम्पमा पुगेका आरोहीलाई कसरी संक्रमण फैलियो भन्ने कुराको एकिन हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो वर्षको आरोहणका लागि ४ सयको हाराहारीमा आरोहीहरुले सगरमाथा आरोहणको अनुमति पाएका छन् । सरकारले आरोहण लगायत घुम्न आउने विदेशी पर्यटकलाई नेपालमा आउनेवित्तिकै क्वारेन्टीनमा बस्नुपर्ने प्रावधान लागू गरेको छ । तर संक्रमितको संख्या बढ्दै गएमा हिमाल आरोहणको यो क्षत्रमा गंभिर असर पर्ने देखिएको छ । नेपालमा पछिल्ला केहीदिन यता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।