सुदिप अधिकारी, झापा — झापामा बुधबारदेखि पूर्ण निषेधाज्ञा लागु भएको छ । यो निर्णयसँगै कुनैपनि व्यक्ति घर बाहिर निस्कन नपाउँने भनिएको छ । पूर्ण निषेधाज्ञा पालना गराउँन झापाका चोक चोकमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

झापामा कोरोना संक्रमितको संख्या र मृत्यु संख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले बुधबार मध्यरातबाट झापामा पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सर्बसाधारण भने बिभिन्न बहाना बनाउँदै सडकमा निस्किएपछि प्रहरीले उनीहरुलाई सम्झाई बुझाई फिर्ता पठाउने गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता सर्बसाधारणले भने आफुहरुलाई पूर्ण निषेधाज्ञा भनेको के हो भन्नेनै थाहा नभएको प्रतिक्रिया दिने गरेका छन् । प्रशासनले भने सर्बसाधारणलाई जनचेतना फैलाउन माईकिङ समेत गरिरहेको छ ।