काठमाडौं, २४ बैसाख । लगातार बढ्दो कोरोना संक्रमणसँगै अब नेपालका थोरै जिल्ला मात्र निषेधाज्ञा लागु हुन बाँकी रहेका छन् । अब नेपालमा निषेधाज्ञा लागु हुन १६ वटा मात्र जिल्ला बाँकी रहेका छन् । दिनहुँ संक्रमण र मृत्युदर बढेसँगै धमाधम लकडाउन घोषणा गर्ने जिल्लाहरु बढिरहेका छन् ।
गृह मन्त्रालयले आज (शुक्रबार) बिहान १० बजेसम्म निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ६१ पुगेको जनाएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि अत्यावश्यक अवस्था बाहेक अन्य बेला घबारट समेत निस्कन नपाइने गरी एकपछि अर्काे जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा अवधिका बेला के के गर्न पाइने तथा नपाइने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेका छन् । देशका जम्मा ७७ जिल्लामध्ये निषेधाज्ञा जारी गर्न अब १६ जिल्ला मात्र बाँकी छन् ।
यी हुन् निषेधाज्ञा लागु भएका ६१ जिल्ला (समय–तालिकासहित)










