झापा — झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र झापाको बैठकले निर्माण सामग्री बोकेका टिप्पर तथा ट्र्याक्टर लगायतलाई बिहान ६ बजेदखि १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय भएको केन्द्रका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

शनिबारको केन्द्रको बैठकले एम्बुलेन्स, शव बाहनलगायत अन्य कुनै पनि सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय भएको छ । बैठक झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएका थियो ।