झापा — झापामा अक्सिजन सिलिण्डरको अभाब हुन नदिन लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । दुई दिनमा झापा प्रहरीले विभिन्न उद्योगबाट एक सय ११ वटा सिलिन्डर सङ्कलन गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् । मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी पाएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भट्टराईले बताए । कोभिड–१९ को महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको छ । दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स र जलकन्या ट्रेडर्समा ती सिलिन्डरहरु रिफिलका लागि पठाइएको भट्टराईले बताए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको जानकारी दिए । सङ्कलन गरिएका सिलिन्डरहरु निजी तथा सरकारी अस्पतालमा विरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको भनाइ छ ।
लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्दै झापा प्रहरी, दुई दिनमा १ सय ११ वटा सिलिण्डर संकलन
सवाल नेपाल संवाददाताशनिबार, २५ वैशाख २०७८

लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्दै झापा प्रहरी, दुई दिनमा १ सय ११ वटा सिलिण्डर संकलन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



