झापा - झापामा आज बाट तेस्रो चरणको निषेधाज्ञा लागु भएको छ । बैशाख मसान्तसम्मको निषेधाज्ञा जारी राख्ने निर्णय गर्दै जेठ ७ गतेसम्मलाई थप भएको छ। झापा जिल्लामा संक्रमण बढिरहेको हुँदा रोकथाम र नियन्त्रण का लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।

आज बाट लागु भएको निषेधाज्ञामा कडाई गरिने झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि धेरै छुट दिइए पनि यो पटकको निषेधाज्ञामा कडाई गरिएको छ । डीसीसीएमसी ले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर समेत निस्कन नपाइने निर्णय गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन।