काठमाडौं । अर्थ मन्त्रालयले कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुलाई ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यले ‘कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट व्यवस्था’ गरेको छ । त्यसबाहेक अन्य खर्च समेत जोडर सात अर्ब ६१ करोड रुपैयाँ कोभिड–१९ न्यूनिकरणका लागि छुट्याइएको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारले ५० प्रतिशतभन्दा कम खर्च गरेको छ ।

उपलब्ध हुने सहयोग विवरण :

केन्द्रीय अस्पताल संख्या : २६ वटा

प्रादेशिक अस्पताल संख्या : ९ वटा

भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि :

२ अर्ब ९५ करोड २० लाख रुपैयाँ

२५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि : १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ

https://twitter.com/mofnepal/status/1393895520154775552?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1393895520154775552%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.janatasamachar.com%2F2021%2F05%2F255997