दमक/ झापाको दमकमा फेरी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको । यो संगै आज विहान कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा दमक ८ की ६२ बर्षिय महिलाको आज विहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक बद्रि बरालले जानकारी दिएकीछन् ।

आज विहानै लाइफलाइन अस्पतालमा दमक ५ स्थित हरीऊँ कोलनी क्षेत्रमा बस्ने ३५ बर्षिया महिलाको पनि मृत्यु भएको थियो । यो संगै दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रभावकारी न्युज बाट