झापा — नेपाल यातायात मजदुर संघ अन्तर्गतको हलुका सवारी चालक संघ दमक नगर ईकाईले दमक र पाडाजुङीमा ड्युटीमा रहेका ट्राफिक र जनपथ प्रहरीलाई सहयोग गरेको छ । संघले यो महामारीका समयमा सडकमा खटिरहेका प्रहरीहरुलाई मास्क, सेनिटाईजर, पिउने पानीसमेत सहयोग गरेको हो ।

यस्तो महामारीका समयमापनि कर्तब्यपालनमा आफु जोखिममा रहेरपनि सेवा दिईरहेका प्रहरीहरुलाई संक्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने हेतुले उक्त स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराईएको संघका दमक नगर कमिटी अध्यक्ष प्रितम दाहालले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नागरिकलाई कोरोनाको चेन ब्रेक गराउन झापामा पूर्ण निषेधाज्ञा पालना गराउन खटिएका बेला आफुहरुको सानो सहयोगले प्रहरीलाई संक्रमणबाट जोगाउन मद्धत पुग्ने आशा गरिएको नेपाल यातायात मजदुर संघ अन्तर्गतको हलुका सवारी चालक संघ दमक नगर ईकाईका उपाध्यक्ष खड्ग पाण्डेले बताए ।

उपाध्यक्ष पाण्डेका अनुसार कमल गाउँपालिकास्थित पाडाजुङीमा, दमकको मुख्य चोकस्थित गणतन्त्र चोकमा, झापा प्रबेशको पश्चिमी नाका ताराबारी ढाटमा र दमककै फाल्गुनन्द चोकमा ड्युटीमा खटिएका प्रहरीहरुलाई सो सहयोग गरिएको हो । उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्न संघका कार्यसमिति अध्यक्ष दाहाल, उपाध्यक्ष पाण्डेसहित सचिब बिष्णु भट्टराई, कोषध्यक्ष दिनेश भट्टराई, सदस्य हरि दाहाल लगायतको सहभागिता रहेको थियो ।