एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस अहिले अमेरिकामा छन् । भारतीय चेली भएका नाताले उनको माइती देशमा भएको महामारीले उनको पनि मन दुखेको छ । छायाँकनका क्रममा ल डे र उनका पति अहिले उपचारका लागि अस्पतालमा भर्ना छन् । उनलाई चो ट लागेको छ । तर उनले त्यो दुख विर्सेर भारतीय नागरिकका लागि पैसा जुटाउन लागेकी छन् । उनले भारतमा संक्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन्।

इन्स्टाग्राममा प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पुर्याउने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका संक्रमितको ज्यान जोगाउन मद्दत पुर्याउने बताएकी छिन्। उनले आफुले सानो सहयोग गर्न पाएकोमा खुसी जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भनेकी छिन्,‘तपाइँहरुको सहयोगले संक्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ। हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं। यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं। यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्।’

‘सहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको छ जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिन्छ’ उनी भन्छिन्,‘धन्यवाद जसले संक्रमितको ज्यान जोगाउन सहयोग पुर्याउनुभयो।’

भारतमा संक्रमितहरु अक्सिजनको अभावमै ज्यान गुमाइरहेको समाचारहरु आइरहँदा प्रियंकाले स्वदेशका संक्रमित व्यक्तिको ज्यान जोगाउने अभियान थालेकी हुन्। उनको अभियानलाई विश्वभरका भारतीयले समर्थन गरिरहेका छन्।