काठमाण्डाै - पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको संरक्षणका लागि ढिलो नगरि वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभएको छ ।

भट्टराईले ट्वीट गर्दै बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याएर भए पनि संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. भट्टराईले लेख्नुभएको छ ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौँ । सबैले आवश्यक त्याग/बलिदान गरौँ । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊँ ! आजै गरौँ, अहिल्यै गरौँ ! वीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ! ’

https://twitter.com/brb1954/status/1395575808706498560?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1395575808706498560%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F53248%2F2021%2F5%2F21%2Fpm-baburam-bhattrai