काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको बताएका छन्।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो बहुमत देखाएर ७६ (५) अन्तर्गतको सरकारमा दावी गरेलगत्तै ट्वीट गर्दै थापाले दुबै दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले दुबै दावीमा जाली र कीर्ते गरिएको भन्दै दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिलाई सुझाव समेत दिएका छन्।

सत्ता र प्रतिपक्षीले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने उल्लेख गरेका छन्।

https://twitter.com/KTnepal/status/1395710176942981121?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1395710176942981121%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20210521190143.html