विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका छन् ।
शनिवार दिउँसो ट्वीट गर्दै मिश्रले अहिलेको स्थितिका लागि उनीहरू पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन् हामी प्रम/राप विरूद्ध खनिएका छौँ । नबिर्सौँ, कांग्रेस/माओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए । र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन् । यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।
https://twitter.com/RabindraMishra/status/1396011631369342982?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1396011631369342982%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F144846%2F2021%2F5%2F22%2Fpolitics%2Frabindra-mishra-










