प्रतिनिधि सभाको विघटन र मध्यावधि निर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफलका क्रममा प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचन गराउने तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै यसरी निर्वाचनतर्फ नै अघि बढेको बताएका थिए ।