नेपाली कांग्रेसका सभापति एवं विघटित प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबीसहित सर्वोच्चमा दायर गर्न लागेको रिटमा हस्ताक्षर गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाले अन्तिममा हस्ताक्षर गरेका हुन् । कांग्रेसका अधिकांश सांसदले हस्ताक्षर गरेपछि देउवाले हस्ताक्षर गरेका हुन् ।
केहीबेरमा प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जाने प्रतिपक्षी दलको तयारी छ ।
हिजो नै दर्ता गरिए पनि समय नपुगेको भन्दै सोमवारका लागि सारिएको थियो ।










