काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार कोरोना महामारीसँग नेपाल जुधिरहेको भन्दै खोप उपलब्ध गराउन भारत र चीनका समकक्षलाई लिखित र मौखिक आग्रह गर्नुभएको थियो । त्यसक्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको थियो ।
संवादमा राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गर्नुभएको थियो । दुई राष्ट्रपतिबीच संवाद भए लगत्तै चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको हो ।










